हुसेनले सोही उपमहानगरपालिका–५ स्थित उर्मिला घिमिरेको घरको कोठा भाडामा लिई राजस्व छली ल्याएको गुट्खा गोदाम गरी राखेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले बुधबार गोदाम तलासी गर्दा लुकाई राखेको केशर मिश्रित पुकार गुट्खा २ सय ४ बोरा बरामद भएको थियो। प्रहरीले हुसेनलाई गुट्खासहित आवश्यक कारवाहीको लागि बिहीबार राजस्व अनुसन्धान बिभाग, मध्यामाञ्चल क्षेत्रीय कार्यालय पथलैयामा बुझाएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानएको छ।
प्रकाशित: १३ फाल्गुन २०७२ ०८:१७ बिहीबार