अन्य

महिलाकाे नांगाे तस्विर फेसबुकमा पाेष्ट गर्ने पक्राउ

काठमाडौं—महानगरीय प्रहरी अपराध महाशाखाले साइबर अपराध अन्तर्गत नुवाकोटका शिव पौडेललाई पक्राउ गरेको छ।तुप्चे गाविस–१ का ३० वर्षीय पौडेललाई सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाको अश्लील तस्बिर राख्ने तथा सन्देश प्रवाह गरी मानसिक यातना दिने गरेको अभियोग लगाइएको छ।

उक्त महाशाखाबाट खटिएको प्रहरी समूहले पौडेललाई वैदेशिक रोजगारका सिलसिलामा कतारबाट नेपाल फर्कने क्रममा पक्राउ गरेको हो। प्रहरीले अनुसन्धानपछि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाउन आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाएको छ । रासस

प्रकाशित: १० फाल्गुन २०७२ २२:३१ सोमबार