त्यही निर्णयअनुसार सोमबार मन्त्रालयले जैविक विविधता तथा वातावरण महाशाखाका प्रमुख विजयराज पौडेलको संयोजकत्वमा पा"च सदस्यीय समिति गठन गरेर जिम्मेवारी तोकेको हो।
'जतिसक्यो चाँडो बाघ सिकार नियन्त्रणका लागि आवश्यक अल्पकालीन र दीर्घकालीन रणनीति तथा उपाय पहिल्याउने जिम्मेवारी दिइएको छ,' समिति संयोजक विजयराज पौडेलले सोमबार नागरिकस"ग भने, 'मैले आज मात्र संयोजकको पत्र पाएको छु। भोलि नै समितिको पहिलो बैठक बोलाएको छु।'
उनले प्रभावित क्षेत्रको स्थलगत अध्ययनलाई प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिए। 'हामी सक्दो छिटो प्रभावित क्षेत्रको भ्रमणमा जान्छौं,' पौडेलले भने। उनले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेर सरोकारवालास"ग छलफल गर्ने जानकारी दिए। सिकारीले पछिल्लो समय मध्य र सुदूरपश्चिमका संरक्षण क्षेत्र र राष्ट्रिय वनलाई निशानामा राखेर बाघ मारिरहेको अध्ययनबाट पुष्टि भएको छ।
'तर हामी बाघ पाइने सबै स्थानको स्थलगत अध्ययन गछर्ौं। विशेषगरी चितवन र शुक्लाफा"टासम्मको अध्ययन भ्रमणमा जान्छौं,' पौडेलले भने। समितिमा वन विभागका एक, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एक, नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका एक र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका एक जना प्रतिनिधि राखिएको छ। विभाग प्रतिनिधिलाई समिति सदस्यसचिवको जिम्मेवारी दिइएको छ।
पा"च गतेको छलफलमा सहभागी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक फणिन्द्र खरेलले समिति गठन गर्ने काम राम्रो भए पनि त्यसले दिने सुझाव र उपाय कार्यान्वयन पक्ष कमजोर भएको बताउ"छन्।
'यसअघि असार महिनामा मेरै संयोजकत्वमा पनि बाघ सिकार नियन्त्रणकै लागि भनेर समिति गठन भएको थियौं। हामीले पनि राम्राराम्रा सुझाव दिएका थियौं। खोइ त्यो प्रतिवेदन? कता हरायो?' उनले सुनाए, 'त्यसैले समितिका प्रतिवेदन कार्यान्वयनमा लैजाने नेतृत्व अहिलेको आवश्यकता हो। जसको इच्छाशक्ति सकारात्मक र बलियो हुनुपर्छ।'
उनले पछिल्लो समय भेटिएका १२ वटा बाघका अंग सन् २०१५ मै मारिएको भन्ने प्रमाण नभेटिएको दाबी गरे। '१२ वटा बाघका अंग भेटिएका हुन्। तर ती एक वर्षमै मारिएका हुन् कि लामो समयदेखि मारिँदै आएका हुन्, पुष्टि भएको छैन,' खरेलले भने।
उनले आफ्नो प्रतिवेदनमै भारतबाट आएका बन्जाराहरुले नेपालका संरक्षण क्षेत्र र राष्ट्रिय वनमा छिरेर बाघ मारिरहेको तथ्यगत विवरण राखेको जानकारी पनि दिए। 'मुद्दा र विषय पहिलेका नै हुन्। तर कार्यान्वयनको पाटो बलियो बनाउनुपर्छ,' खरेलले भने।
उनले प्रतिवेदन तयार गर्दा वनमन्त्री महेश आचार्य थिए भने तत्कालीन वन सचिव शंकर अधिकारी त्यहा"बाट सरुवा भइसकेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका तत्कालीन महानिर्देशक टिकाराम अधिकारीले अवकाश पाइसकेका छन्।
तेह्र महिनामा १२ वटा बाघ मारिए भन्ने समाचार प्रकाशित भएपछि मन्त्रालयले गत ५ गते वन मन्त्रालयमा सरोकारवाला निकायलाई डाकेर अढाई घन्टा छलफल गरेको थियो। छलफलमा सरकारका सरोकारवाला सबै निकाय, संरक्षण क्षेत्रमा कार्यरत राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधि सहभागी थिए।
२०७० साउन १४ गते बाघको पछिल्लो गणना सार्वजनिक गरिएको थियो। चार वर्षमा नेपालका जंगलमा ७७ वटा बाघ थपिएको सुखद सन्देश आएको थियो। योस"गै बाघ संख्या १९८ पुगेको घोषणा गरिएको थियो। तत्कालीन वनमन्त्री टेकबहादुर थापा घर्तीले पछिल्लो तथ्यांकबाट हौसिएर अन्तर्राष्ट्रिय घोषणालाई आत्मसात गर्दै सन् २०२२ सम्ममा बाघ संख्या २५० पुर्यानउने लक्ष्य पनि राखेका थिए।
तर पछिल्लो एक वर्ष सन् २०१५ जनवरीदेखि सन् २०१६ फेब्रुअरी १५ सम्मको अवस्था एकदमै भयावह भयो। यसबीचमा मात्र १२ वटा बाघ मारिए। यो क्रम सन् २०१३ बाटै सुरु भएको थियो। सन् २०१४ सामान्य भए पनि सन् २०१५ ले बाघ संरक्षणमा चुनौती थपिदिएको छ।
प्रकाशित: १० फाल्गुन २०७२ २१:०७ सोमबार