अन्य

लुटपाटमा फरार नक्कली लाईसेन्स सहित पक्राउ

ललितपुर-प्रहरीले लुटपाटको घटनामा फरार रहेका एकजना अभियुक्तलाई नक्कली सवारीचालक अनुमती पत्र सहित पक्राउ गरेको छ। काभ्रेमा लाखौंको बुद्धचित्त लुटेर जेठ देखि फरार रहेका राजु दोङ र राज लामा भनिने राजकुमार तामाङलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो।


महानगरीय प्रहरी परिसर ललितपुरले काभ्रेको शिखरअम्बोटेमा जेठ २३ गते बुद्धचित्त माला लुटपाटमा संलग्न रहेका दोङ लुटपाटमा संलग्न रहेका दोङ यातायात व्यबस्था कार्यालय वाग्मती वाट जारी भएको नक्कली सवारी चालक अनुमति पत्र (लाईसेन्स) सहित पक्राउ गरेको हो । परिसरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले दोङ ब्यापारीबाट बुद्धचित्त माला लुटने समुहका नाईके भएको बताए । उनले काठमाडौं उपत्यकामा विभिन्न समयमा भएको बुद्धचित्त माला सहित अन्य लुटपाटमा समेत दोङको संलग्नताका बिषयमा अनुसन्धान भै रहेको बताए।

प्रकाशित: ९ फाल्गुन २०७२ ०६:३२ आइतबार