अन्य

कायापलट

गोविन्दबाबु खड्का बिहान साढे दुई बजे उठ्यो। दुइटा बाल्टी बोक्यो। छिमेकी घरबेटीकहाँ पानी थाप्न गयो।
तीन बजेसम्ममा पचास/साठीजनाको लाइन तयार भइसकेको थियो। सँगै भएकी श्रीमतीलाई त्यही लाइनमा उभ्यायो। आफूचाहिँ नजिकैको ढुँगेधाराको लाइनमा सामेल भयो।
लाइन बस्नमा ऊ अभ्यस्त भैसकेको छ। नमस्तेको सिमकार्ड लिनजाँदा, बाइकमा पेट्रोल हाल्न लाइन बस्दा, बिजुलीको बिल तिर्न जाँदा लाइनको मर्म बुझेको छ उसले।

'यो ढुंगेधारामा पानी ठूलो आउँछ,' गायत्रीले जीवनदायिनी धाराको गायत्रीमन्त्र भट्याइन्। 'त्यही भएर त १५ मिनेटको बाटो हिँडेर आ'को त,' पँधेर्नी गफ, सीताले गायत्रीको कुरामा ल्याप्चे लगाइन्।

पालो कुरिरहेका पल्लो टोलका तीर्खालुहरू उनीहरूका कुरा सुनेर ओठ लेब्य्राइरहेका थिए। नबुझिने किसिमले 'भैरवीय' व्यङ्ग्य गरिरहेका थिए।

'गोविन्द बाबु छ्या–छ्या! जाबो पानीमा कति साह्रो लोभ देखाउनुभ'को?' आफ्नै भाग खोस्न आएझैँ रातोघरे दिदी डुक्रिइन्।

'तपाईँलाई लोभ नलागेरै होला, ट्याङ्कर नै बोकेर आउनुभ'को,' गोविन्दबाबुले रातो घरवाली दिदीको प्रश्नको जवाफ दिएर एकपल्ट सबैतिर नजर डुलायो।

गोविन्दबाबुले दुई घण्टा लाइन बस्दा बल्लतल्ल दुई बाल्टी भर्योर। बाटोको डिलमा लगेर राख्यो। त्यसपछि 'जीवनसाथी'लाई फोन लगायो।

मनमनै सोच्यो, 'रमिलालाई बोलायो भने उता थाप्न लागेको गाग्री र ग्यालिन फेरि कसले भरिदिन्छ? आ होस् झुण्ड्याउँदै लैजान्छु।'

फर्किन लाग्दा धारातिरतर्फ हेरेर भन्यो, 'मान्छेले पानी थापेको हो कि गिद्धले सिनु लुछेको! छ्या! नयाँ नेपाल!'

–––

गोविन्दबाबु घुम्दैघुम्दै राष्ट्रिय सभागृहको गेटमा पुग्यो। रातो कपडामा सेतो अक्षरले 'नयाँ नेपालको नयाँ उपभोक्ता मञ्चको पहिलो साधारण सभा' लेखिएको थियो। ब्यानर हेरेर भन्यो, 'कस्तो ब्यानर? कुनै पनि पार्टीको झन्डा राखेका छैनन्।'

'यो पार्टीको कार्यक्रम हाइन बाबु! पानी र बिजुलीको,' गेट पालेले शान्त पारिदियो उसको जिज्ञासा। 'त्यसो भए एकछिन सुन्नुपर्योट,' अलमलिँदै थप्यो, 'ए दाइ! टिकटको कति पैसा तिर्नुपर्छ?'

'यो फिलिम हल हो र? चाहिँदैन टिकट,' पालेले आत्मीयता देखायो। 'हुन्छ नि त' गोविन्दले आतिथ्यग्रहण गर्न मञ्जुर गर्योो।

गेटबाट भित्र छिर्यो्। भित्रको झकिझकाउ हेर्दै ऊ अघि बढ्यो। उत्सुक मनसँगै सभागृहको सिँढी उक्लियो। ढोकाभित्र छिर्दाछिर्दै उसले देख्यो, सयौँको सङ्ख्यामा बलेका रङ्गिबिरङ्गी चिमले आकाशको झल्को मेटाइरहेको। यस्तो पो उज्यालो! हाम्रो घरमा हप्तामा दुई दिन आउने बत्तीको उज्यालो के उल्यालो?

तर, साँझैमा सुत्न पाइन्छ, आनन्दै छ। उसको अल्छी मनले लोडसेडिङको फाइदा देख्यो। झकिझकाऊ मञ्च। एउटा मनवआकृति फलाक्न थाल्यो, 'प्रमुख अतिथिको कार्यव्यस्तताले उहाँ आउन ढिलाइ भएकामा क्षमाप्रार्थी छौँ। प्रधानमन्त्रीको अनुपस्थितिमा जलस्रोत मन्त्रीको प्रमुख आतिथ्यमा कार्यक्रम अगि बढाउन अनुमति चाहन्छु।'

एउटा टाउको हल्लियो।

अनुमति पाएपछि पचासौँको सङ्ख्यामा मान्छेका नाम व्ााचन गर्यो्। कति आए, कति आएनन्। तर, मञ्चमा राखेका राता हरिया कुर्सी अब मानवै–मानवले भरिइसकेका थिए।

कार्यक्रम उद्घाटनसँगै मन्तव्यको पालो आयो। उपभोक्ता मञ्चका अध्यक्ष जलबहादुर धाराकोटी मञ्चतिर उक्लिए। आदरणीय महानुभावहरू दुई–चार वर्षअघि म पनि तपाईँहरूजस्तै गोरो थिएँ, तर आजका दिनसम्म आइपुग्दा निकै कालो भएँ। यस्तै हो भने अबका दुई वर्षमा मेरो अनुहारलाई हेरर सरकारले मधेसीमा सूचीकृत गर्नेछ। त्यसकारण मैले यो सभा आयोजना गरेर म पहाडिया मूलको हुँ भन्ने अवगत गराएको हुँ।' उसको वक्तव्य पूरा भएको थिएन। पश्चिम कुनाबाट एउटा मधेसीले सुइ®य पार्योन र ताली बजाउन थाल्यो। एकैछिनमा कार्यक्रम स्थल तालीको सुमधुर गडगडाहटले गुञ्जायमान भयो।

तपाईँलाई थरुहट राज्य स्वायत्त प्रदेशमा स्वागत छ,' पश्चिमा मधेसीले आहृवान गर्योर। पुनः ताली गुञ्जिएन। हाँसोको लहर चल्यो। पूरै हल खितखितायो।

मन्तव्यको पालो आयो प्रमुख अतिथिको। जलस्रोत मन्त्रीले पानी र बिजुलीको योजनाबारे भाषण सुरु गर्दा लोडसेडिङग्रस्त अनुहारमा बिजुली चम्कियो। प्रायः सबै उपस्थितवृन्द हर्षोत्फुल देखिए। भाषण ओजपूर्ण थियो।

'पुरानो मानसिकता नत्यागेसम्म नयाँ नेपाल सम्भव छैन। त्यसकारण नयाँ नेपालका जुझारु न्ाागरिकलाई खानेपानी र उज्यालोको वैकल्पिक उपाय प्रस्तुत गर्न अनुरोध गर्दछु।'

मन्त्रीको भाषण सुनेर गोविन्दबाबुले कटाक्ष भन्यो, 'जनताको जनादेश पाएर कुर्सीमा आसिन हुन पुगेका नेताले त अग्रगामी निकास दिन सकेनन् भने जनताबाट सुझाव संकलन गरेर नै के हुन्छ?'

भाषणमा माथिल्लो मर्स्याङ्दीको प्रसङ्ग उठ्यो। भारतमा निर्यात गरिने बिजुलीको विमर्श भो। मेलम्चीको अधुरो प्यास बाँड्न चुकेनन्। अन्त्यमा भाषण सुनेर ग्ाोविन्दबाबु गाँठी कुरो बुझेझैँ फिस्स हाँस्यो। राष्ट्रिय सभागृहलाई बिदाईको हात हल्लाउँदै काठमाडौँको अपार भीडमा सामेल भो।

–––

ग्ाोविन्दबाबुले अर्कोपल्टको उपभोक्ता बैठकमा कार्ययोजना प्रस्तुत गर्योफ। तालीको आशमा दीर्घायु उपभोक्तापट्टि फर्कियो। तालीको बदलामा गाली खायो। प्रायः सबैले उसलाई पागल, मूर्ख भन्ने उपाधि भिराइदिए।

तर ऊ हतास भएन।.......। काम गर्न सक्छु भन्ने आत्म विश्वास थियो। भोलिपल्टैदेखि ऊ शङ्खधर पार्कको कुनामा बसेर आफ्ना भावी कार्यक्रम प्रस्तुत गर्न थाल्यो। सुरुसुरुमा उसलाई सबैले पागल, गफाडी, जादूवाला नानाथरि सम्झे। खुब मज्जा लिए।

दिनहरू बित्दै गए। उसले प्रशस्तै समर्थकहरू भेट्टायो। पत्रकार सम्मेलन मार्फत 'रेभुल्युसनरी समाजसेवा दल'को पार्टी घोषणा गर्योउ। 'रेभुल्युसनरी समाजसेवा दल'को प्रमुखका हैसियतले उसको काँधमा प्रशस्तै जिम्मेवारी थपिए। राष्ट्रियस्तरका सभा–सम्मेलन उद्घाटन प्रमुख अतिथिको हैसियतले मन्तव्य। केन्द्रीय समितिको बैठक र कार्यपत्रको प्रस्तुति आदि समस्या।

हरेकजसो अखबारले उसको फोटोसहितको अन्तरवार्ता छाप्न थाले। कहिले रिपोर्टस् क्लबको साक्षात्कार समारोहमा, कहिले अन्य पार्टीले गरेका चियापानमा सहभागी हुँदै गयो। हिजो उसलाई पागल भन्नेहरू पछ्याउन थाले। पार्टीको सदस्यता निम्ति मरिहत्ते गर्न थाले। उसले १० लाख सदस्य बनायो। राष्ट्रिय स्तरको ठूलै दलको केन्द्रीय नेताको रूपमा आसिन हुन पुग्यो।

–––

एक दिन केन्द्रीय समितिको बैठकमा ग्ाोविन्दबाबुले भन्यो, 'साथीहरू हो अब हामी सैद्धान्तिक र वैचारिक रूपमा कसैले हल्लाउन नसक्ने गरी स्थापित भइसकेका छौँ। अब हाम्रो कार्यक्रममा कसैले अवरोध पुर्याहउन सक्दैन। त्यसकारण आजैका मितिदेखि हाम्रो कार्यक्रम औपचारिक रूपमा प्रयोग भएको घोषणा गछौँ र भोलिकादेखि कार्य प्रारम्भ गछौँ।'

कार्यकर्ताहरूले फुर्तीसाथ देशभरका पानीको पाइप र बिजुलीका तार निकाल्दै डल्ला पार्न थाले। साथै विदेशी कम्पनीसँग मिलेर निर्यात गर्न थाले। 'रेभुल्युसनरी समाजसेवा दल'को कार्यले देशभर हल्ली–खल्ली मच्चियो। 'जनविरोधी र सरकार ढाल्न गरेको कार्य' भन्दै सरकारले तत्काल यस्तो काम नगर्न–नगराउन विज्ञप्ति जारी गर्योय।

आफूले वषौँ लगाएर तयार पारेको नीति कार्यान्वयनमा ल्याउन सरकारले निषेधाज्ञा जारी गरेपछि ग्ाोविन्दबाबु खड्काको मनमा ढ्याङ्ग्रो बज्न थाल्यो। दलको आपतकालीन बैठक डाकेर कार्यकर्तालाई आन्दोलनमा उत्रिन निर्देशन दियो।

'आफू पनि नगर्ने, अरूलाई पनि गर्न नदिने। यो नेपालका नेता र बाँदरमा कुनै भिन्नता छैन,' विपक्षी दलका प्रत्येक नेताको नाम सम्भि्कएर पानी अचाउँदै गोविन्दले सङ्कल्प गर्यो ।

'जसरी भए पनि मेरो नीति र कार्यक्रम लागू गराएरै छाड्छु,' गोविन्दले मनमनै सोच्यो, 'त्यसपछि चुनावमा बहुमत ल्याएर कार्यकारी प्रमुख बन्छु।'

भोलिपल्टदेखि राजमार्ग, कलकारखाना, उद्योगधन्दा, स्कूल–कलेज सबका सब बन्द भए। बाटाका साइकल र रिक्साबाहेकका सवारीसाधन एम्बुलेन्स पनि बाँकी नराखी तोडफोड र आगजनीमा परे। न सरकार पक्षले आँकलन गर्न सक्यो न सडकमा आन्दोलनरत दलले नै बीसौँ–पचासौँको सङ्ख्यामा समाजसेवा दलका कार्यकर्ताले सहादत प्राप्प गरे। घाइतेको उपचार र मृतकलाई सहिद घोषणा गर्नुपर्ने लगायत माग राखेर 'रेभुल्युसनरी समाजसेवा दल'ले आन्दोलन जारी राख्यो। ऐतिहासिक एक महिने आन्दोलनका सामु सरकारले घुँडा टेक्नै पर्योल। वार्तामा बोलायो।

'सरकारको चालबाजी मात्रै होः आन्दोलनलाई मत्थर पार्न जनताको आँखामा छारो हाल्न पाइँदैन' भन्ने बुझेको 'रेभुल्युसनरी समाजसेवा दल'ले आन्दोलन जारी राख्यो।

'दलीय स्वार्थभन्दा राटि्रय स्वार्थ नै ठूलो हो, त्यसकारण 'रेभुल्युसनरी दल'लाई कार्यक्रम निरन्तर सञ्चालन गर्न अनुमति दिइन्छ।' गृहमन्त्रालयको सूचनापाटीमा टाँसिएको वक्तव्यले आन्दोलन रोकियो। जनजीवन सामान्य बन्यो। सेना–प्रहरीबाट फुक्का भएपछि दलका कार्यकर्ताले पुनः राष्ट्रव्यापी अभियान सञ्चालन गरे।

–––

गोविन्दले दिमागमा आएको आइडिया रमिलालाई सुनायो।

गोविन्दको उपाय रमिलालाई चित्त बुझेन। उनले भनिन्, 'तपाईँको कुरा त ठीकै हो तर कसले पत्याउला र?'

'पत्याउनै पर्दैन। डार्बिनलाई पहिले सन्की र ईश्वरविरोधी भनेथे। बुद्धलाई मूर्ख,' गोविन्द बाबू झर्कियो सप्रेम। र, स्पस्टीकरण दियो, 'मान्छेहरू प्रायः बांगा काम कुरा गरेर नै विश्वविख्यात भए। अब हेर्दै जाऊ म पनि एकदिन ठूलो मान्छे बन्छु।'

–––

६ महिनापछि .........

'एक गाँउ–एक सामुदायिक पसल' भन्ने नाराका साथ मैनबत्ती आपूर्ति गर्न थाले। एक परिवार–एक बाल्टीका दरले पानी वितरण गर्न थाले। हिजोसम्म जनविरोधी भनेर आलोचना गर्नेहरु आज उनीहरुकै दलको सदस्य बनेका छन्। ग्ाोविन्दबाबुको बढ्दो लोकप्रियता देखेर ईर्ष्याले जल्न थालेका छन्।

रेभुल्युसनरी समाजसेवा दललाई चुनाव जित्छु भन्ने पक्का भयो। सरकारलाई चुनावको मिति तोक्न दबाब दियो। आन्दोलनबाटै त्राहिमाम सरकारले ६ महिनाभित्रमा चुनाव गर्ने प्रतिबद्धता जनायो। सर्वसहमतिको सरकार गठन गर्ने र त्यसैले चुनाव गराउने सहमति मुताबिक चुनाव मिति घोषणा भयो।

बिहेको सिजनमा झैँ घरघरमा नौमती, ढोक र नगराहरू बज्न थाले। प्रत्येकजसो घरमा एक न एक पार्टीका ब्यानर र झन्डा टाँगिएका देखिन्थे। साँच्चै सप्ताह ज्ञानमहायज्ञ झैँ सजधजका साथ चुनाव भयो। चुनावमा राँगा बलि दिइयो। खसीको टाउको छिनाइयो। शान्तिदूत परेवाको बध गरियो। छिटफुटमात्र नरमुण्डन भएकोमा सबै खुसी थिए।

'रेभुल्युसनरी समाजसेवा दलले' उम्मेदवारहरूले बहुमत प्राप्त गरे।

चुनावी परिणाम घोषणापछि ग्ाोविन्दबाबु खड्काले खुल्ला मञ्चमा विजयसभा गरे। गोविन्दबाबु फूलमाला र अबिरले झण्डै पुरियो। पहिला उनको प्रतिवेदनमा खिल्ली उडाउने जलबहादुर धाराकोटीले एक ट्यांकर पानी ल्यायो। उसलाई पानीको फोहोराले स्वागत गरे। हिउँदको महिना। उनको शरीरमा चिसो भइरहेको थियो। भिजेको कपालबाट आँखामा पानी खसिरहेकाले आँखा चिम्लेर पर्सेको बोकाले झैँ शरीरको पानी टक्टक्यायो। विजयी कार्यकर्तालाई सान्त्वना दिन आँखा खोल्यो।

××××–––

त्यहाँ कोही कार्यकर्ता थिएनन्, न धाराकोटी र न उनको ट्यांकर नै थियो। रमिला हातमा जग बोकेर घच्घच्याइरहेकी थिइन्, 'के भयो तपाईँलाई? किन बर्बराउनुभएको?'

ग्ाोविन्दबाबु चूँसम्म बोल्न सकेन। भुइँतिर नजर गाडेर एकोहोरिइरह्यो। केहीछिनपछि झ्यालको पर्दा तानेर बाहिर हेर्योन। टोलायो। मध्यरातको कालो आकाश प्लस लोडसेडिङ उसकोे स्वागत गरिरहेका थिए।

रमिलालाई अह्राउँदै भन्यो, 'एक ग्लास पानी लेऊ न।'

'पानी कहाँ छ? मेलम्चीमा?' रमिलाले ग्ाोविन्दबाबुको बेसुद्धीमाथि घातक प्रहार गरिन्।

देशको मुहार कायापलट गर्ने गोविन्द बाबूको सपना एक लोटा पानीले पखालिदियो।

गोविन्दको दिमागमा आएको आइडिया यस्तो थियो :

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म टाँगेका काला–सेता तारहरू सबै खुस्काउने र भारतमा निर्यात गर्ने। उठेको पैसाले मैनबत्ती किनेर जनतालाई निःशुल्क उपलब्ध गराइदिने। काठमाडौँका प्रत्येक घरबाट खानेपानीका पाइप र प्लम्बिङका सामान निकालेर चीनतर्फ निर्यात गर्ने। उठेको पैसाले 'एक घर एक बाल्टी पानी' दैनिक आपूर्ति गर्ने। यति गरेपछि खानेपानी र उज्यालोको समस्या छ भन्नै पर्दैन।

प्रकाशित: ७ फाल्गुन २०७२ २३:३१ शुक्रबार