अन्य

श्रीमानको हत्या अभियोगमा श्रीमति पक्राउ

कोहलपुर- श्रीमान्को हत्या अभियोगमा श्रीमतिलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ। महादेवपुरी–७ ढकेरीमा माघ २१ गते मृत फेला परेका छबिलाल घर्ती हत्या अभियोगमा उनकै पत्नि तिला घर्ती पक्राउ परेकी हुन्।


बिहिबार ईलाका प्रहरी कार्यालय कोहलपुरले पतिको हत्या अभियोगमा तिलालाई पक्राउ गरेको हो । केटाका परिवारबाट दाई, बुवाबाट जाहेरी आएपछि पत्नि तिलालाई पक्राउ गरि अनुसन्धान भैईरहेको डिएसपी राजीवबहादुर बस्नेतले बताए । बिहिबार पक्राउ परेकी तिलाविरुद्ध बांके जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको बस्नेतले बताए।

मृतक छविलालको टाउँको, कञ्चनमा चोट लागेको अवस्थामा शव फेला परेको थियो।

प्रकाशित: ७ फाल्गुन २०७२ ०७:१३ शुक्रबार