अन्य

राजकीय सम्मानकासाथ कोइरालाको अन्त्येष्टि

काठमाडौँ-नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानकासाथ हिन्दूपरम्परा अनुसार बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकोछ। काेइरालाका  भतिजाद्वयअतुल कोइराला र सुधांशु कोइरालाले उनको पार्थिव शरीरमा दाग बत्ती दिए। स्व. कोइरालाको सम्मानमा नेपाली सेनाकाे एक टुकडीले राष्ट्रिय धूनसहित अन्तिमसलामी अर्पणगरेको थियो। उनलाई १३तोपको सलामीदिइएको थियो।

कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिन सभामुख, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण तथा विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि पशुपति आर्यघाट पुगेका थिए । यसअघि काेइरालाकाे दशरथ रंगशालाबाट शवयात्रा गरी त्रिपुरेश्वर, थापाथली, माइतिघर मण्डला, पुतलिसडक, कमल पाेखरी, राताेपुल हुँदै पशुपति पुर्‍याइएको थियाे।

यसअघि उनको शवलाई दशरथ रङगशालाबाट विशेष किसिमले सजाइएको ट्रक राखेरआर्यघाट ल्याइएको थियो। यस अघि कोइरालाको शवयात्रा त्रिपुरेश्वर–थापाथली–सिंहदरबार–पुतलीसडक–कमलपोखरीहुँदै पशुपति पुर्याइएको थियो।

संविधानसभाबाट संविधान लेख्ने सात दशक लामो जनचाहनालाई पूर्णता दिने कामको नेतृत्व लिएका कोइराला सादगी नेताका रुपमा परिचित थिए। ७८ वर्षअघि विराटनगरमा जन्मेका कोइरालाले लोकतन्त्र स्थापना र पुनःस्थापनामा महत्वपूर्ण योगदान पुर्याएका थिए।

सत्ता र शक्तिमोहबाट टाढा पार्टी राजनीतिमै जीवनका अधिकांश समय बिताएका कोइराला दोस्रो संविधानसभा चुनावपछि प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। पहिलोपटक लाभको पदमा पुगेका कोइरालाले २० महिना लामो सरकारको नेतृत्वमा रहँदा शान्ति स्थापना र संविधान निर्माणमा विशेष जोड दिएका थिए।

प्रकाशित: २७ माघ २०७२ ०२:५१ बुधबार