अन्य

फेसबुकबाट युवतीको ३ लाख ठग्ने जेल चलान

पाँचथर– फेसबुकका माध्यमबाट जिल्लाकी एक युवतीबाट ३ लाख रुपैयाँभन्दा बढी ठगेको आरोपमा पक्राउ परेका निश्चल शर्मा भनिने भवीन्द्र सुवेदी जेल चलान भएका छन्।सुवेदीलाई अदालतले ३ लाख ४७ हजार धरौटीमा छाड्न आदेश दिए पनि उनले धरौटी बुझाउन नसक्दा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए।

न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले ठगी मुद्दाका आरोपी सुवेदीलाई उक्त रकम अथवा त्यसबराबरको जेथो धरौटी माग गरेको थियो । तोकिएको धरौटी बुझाए उनी छुट्ने अदालतले जनाएको छ । निश्चल शर्मा नामको फर्जी फेसबुक एकाउन्ट बनाई युवतीबाट पटक–पटक पैसा लिएर ठगेको आरोप सुवेदीमाथि थियो । झापाका बासिन्दा सुवेदी पुस अन्तिम साता पक्राउ परेका थिए ।

प्रकाशित: २३ माघ २०७२ २१:३६ शनिबार