अन्य

धर्सो उपन्यास वी रिडमा

काठमाडौं— कथालय प्रकाशनको डिजिटल प्लाटफर्म वी रिड एपबाट सञ्जय अधिकारीको धर्सो उपन्यास बजारमा आएको छ। तराइबासीमाथि गरिने सामाजिक विभदेको भावनालाई उपन्यासले उजागर पारेको छ। जीविकोपार्जनका लागि काठमाडौं आउँदा भोग्नु परेका संघर्ष, सामाजिक विभेद एवं पाटनको ऐतिहासिक कथा उपन्यासमा छन्।उपन्यास वी रिडको एन्ड्रोइड, आइओएस तथा विन्डोज एपबाट किन्न सकिने कथालयका सिइओ राजीवधर जोशीले बताए। उपन्यासलाई कथालय डट कम डट एनपीबाट समेत खरिद गर्न सक्ने बनाइएको उनले जानकारी दिए। पाठकले धर्सोको प्रिन्ट भर्सन पुस्तक विक्रेताबाट पनि किन्न सक्नेछन्।

नेपाली साहित्यका विद्यार्थी अधिकारीले धर्सोलाई थुप्रै पटक पुर्नलेखन गर्नु परेको र अन्तिम प्रति पाठक समक्ष ल्याएको बताए।

धर्सो बाहेक पनि वी रिडमा विभिन्न ३ सयभन्दा बढी पुस्तकहरु उपलब्ध छन्। विश्वभरि छरिएर रहेका नेपाली एवं अग्रेजी भाषी पाठकलाई लक्ष्यित गर्दै वी रिडले एन्ड्रोइड, आइओएस अपरेटिङ सिस्टम भएका डिभाइसमा साहित्यिक सामग्री उपलब्ध गराउँदै आएको हो।

प्रकाशित: १९ माघ २०७२ ०३:०९ मंगलबार