इलाका प्रहरी कार्यालय गरुडाका अनुसार पीडित ती महिलालाई उद्वार गरी गरुडास्थित महिला सेलमा राखिएको छ। पाँच–छ जनाको समूहमा आएको सो समूहले राति करिब १ बजे घरभित्र पसी उनका श्रीमानलाई बाँधेर उनलाई करिब एक किलोमिटर परको परालको कुन्युमा लगी सामूहिक बलात्कार गरेको बताइएको छ।
घटना भएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले ती पीडितलाई उद्धार गरेको थियो। मोटरसाइकलमा आएको समूहले उक्त घट्ना गराएको हुनसक्ने छिमेकीले बताएका छन्। रातको समयमा घटना भएकाले हालसम्म पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन। रक्ताम्मे अवस्थामा उद्धार गरिएको ती महिलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ। रासस
प्रकाशित: १८ माघ २०७२ ०४:४२ सोमबार