अन्य

झण्डै २ किलो अवैध सुनसहित दुई बंगलादेशी पक्राउ

काठमाडौं– नेपाल वायु सेवा निगमको जहाजमार्फत मलेशियाको क्वालालाम्पुरबाट त्रिभुवन विमानस्थल काठमाडौं ओर्लिएका बंगलादेशी १ किलो ९ सय ग्राम अवैध सुनसहित पक्राउ परेका छन् ।


५० वर्षीय कमल भिदिन र ५० वर्षीय एमडी मुही भिदिनलाई प्रहरीले अवैध सुनसहित मंगलबार अन्तराष्ट्रिय बिमानस्थलको अराईभल एरियाको हेण्ड व्यागेज एक्सरेमा चेकजाँचको क्रममा पक्राउ गरेको हो। उनीहरुले लुकाई छिपाई ल्याएको अवस्थामा उक्त सुन बरामद भएको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २२ पुस २०७२ ०१:४६ बुधबार