अन्य

कालोबजारी आरोपमा पक्राउ परेका दुगडका दुई कर्मचारी जेल चलान

काठमाडौं– खाने तेल कालोबजारी गरेको आरोपमा पक्राउ परेका केएल दुगड समुहका दुई कर्मचारीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल पठाएको छ।

भारतको अघोषित नाकाबन्दीपछि १ सय ३० रुपैयाँ प्रतिलिटरको धारा तेल ३ सय ५० रुपैयाँमा बिक्री गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौं र बानेश्वर वृतले जडिबुटीमा रहेको दुगडको गोदामा छापामारी पाँच ट्रक तेलसहित केएल दुगड ग्रुपका प्रबन्धक अमन जैन र कर्मचारी प्रमोद अधिकारीलाई नियन्त्रणमा लिएको थियो ।

कालोबजारी आरोपमा पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेको र फरार सूचीमा रहेका दुगड गु्रपका दुई सञ्चालक कुमुद दुगड र विकास दुगडलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन।

प्रकाशित: २० पुस २०७२ ०५:१० सोमबार