पाँचथर-जिल्लाको हाङ्गुमकी ११ वर्षीय वालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा १५ वर्षीय किशोर विरुद्व मुद्दा दर्ता गरीएको छ।शुक्रवार जंगलवाट घाँस लिएर फर्किएको बेला करणीको प्रयास गरेको भन्दै प्रहरी समक्ष पीडित आएपछि पक्राउ परेका वालक विरुद्व आईतवार प्रहरीले जिल्ला अदालत पाँचथरमा जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएको हो । छिमेकी भएकाले घाँस लिएर पीडकको घरमा आएका वेला करणीको प्रयास भएको आरोप लागेको छ । बालिकाको स्वास्थ्य परीक्षण भईसकेकोले अन्य अनुसन्धान चलिरहेको डीएसपि कृष्ण प्रसाद कोईरालाले बताए । अदालतले बालकलाई दोषि ठहर गरे सुधार गृहमा पठाईने छ । अहिले उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
प्रकाशित: १९ पुस २०७२ ०५:२५ आइतबार