रौतहट– रौतहट कारागारमा कैदी जीवन विताइरहेका बिताइरहेका एक कैदी बन्दीको ज्यान गएको छ। ज्यान गएको छ। कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका रौतहट अकोलवा ८ का ५८ वर्षीय शेष मुबारकको शुक्रबार राति उपचारको क्रममा ज्यान गएको हो।
उच्च रक्त चाप तथा श्वाशप्रश्वास रोगले ग्रसित बनेका मुबारकको कारागार प्रशासनले समयमा उपचार नगरेका कारण ज्यान गएको मृतकका आफन्तले आरोप लगाएका छन्। प्रशासनको लापरवाहीले उनको उपचार अभावमा मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले जिल्ला कारागार गौर अगाडि तीन घण्टा धर्ना दिएका छन्।
सम्पतीको लोभमा २०६९ साउन २९ गते आफ्नै कान्छो भाई शेख गफार र उनका श्रीमति सहनाज बेगमलाई गोली हानेर हत्या गरेको आरोपमा जिल्ला अदालतले मुबारकलाई दोषी ठहर गर्दै जन्मकैलको फैसला गरेको थियो।
कारागारमै बन्दी जिवन विताइरहेका मुबारकलाई श्वासप्रश्वासमा सम्स्या र रक्तचाप बढेका कारण पुस १३ गते कारागार प्रशासनले उपचारका लागि जिल्ला अस्पताल गौर लगेको थियो। अस्पतालमा उनको स्वास्थ्य अवस्था बिग्रींदै गएपछि पुस १४ गते चिकित्सकले मुबारकलाई थप उपचारार्थ अन्यत्र लैजान रिफर गरेको कारागारका चिकित्सक महेन्द्र दासले बताए। अन्यत्र उपचारका लागि चिकित्सकले रिफर गरे पनि कारागार प्रशासनको लापरबाहीले मुबारकको ज्यान गएको मृतकका श्रीमति सगिरा खातुनले आरोप लगाइन्। 'मुबारकको स्वास्थ्य गम्भीर हुँदा पनि कारागारले समयमै उपचारका लागि पहल नगरेको बताउँदै श्रीमति सगिराले भनिन्, 'समयमा उपचार गराउन पटक पटक कारागार प्रशासनलाई भनेपनि सुनवाइ नगरेकाले उपचार अभावमा छटपटिएर ज्यान गएको हो।'
कैदीबन्दीको ज्यान गएपछि आफन्तले कारागारका कर्मचारीमाथि कारवाहीको मागगर्दै बिहान ८ बजेदेखि ११ बजेसम्म तीन घण्टा धर्ना दिँदै शव बुझ्न अस्वीकार गरेका थिए। स्थानीय प्रशासनले घटनाको बिषयमा वास्तविकता बुझ्ने र दोषीलाई कार्यबाही गर्ने प्रतिबद्धता जनाएपछि परिवारजनले मुबारको शव बुझेका हुन्।
गौर कारागारमा कैदीको मृत्युको विषयमा अनुसन्धान गर्ने र जो दोषी देखिए कानूनअनुसार कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जानकारी दिएका छन्। अहिलेको परिस्थीतिले गर्दा कागजी प्रक्रियाहरु मिलाउँदा मिलाउँदै उपचारको लागि ढिलो भएको कारागार प्रशासनले जनाएको छ ।
प्रकाशित: १८ पुस २०७२ ०६:२७ शनिबार