काठमाडौं- अवैधरुपमा ल्याउन लागिएको १ किलो सुन सहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बंगलादेशी नागरिक पक्राउ परेका छन्।मलेसियन एयरको एमएच ११४ नम्वरको उडानद्धारा क्वालालाम्पुरबाट नेपाल आएका ३२ बर्षीय शाहिद खान अवैध सुन सहित पक्राउ परेका हुन्।
विसी ०४३६४४९ पासपोर्ट नम्वर भएका खानले कम्मरमा सुन लुकाएका थिए। खानले १ सय ग्रामको १० वटा टुक्रा बनाएर सुनलाई कम्मरमा लुकाइ छिपाइ राखेका थिए।