अन्य

जगदीशपुर तालका चराको चोरी शिकारीकाे कब्जामा

कपिलवस्तु– चराको आगमनले विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल मनमोहक देखिएको भए पनि चोरीशिकारीका कारण चराको संख्या घट्ने खतरा बढेको छ। तालमा चराको संख्या बढ्दै गएसंगै चराको शिकार गर्ने स्थानीय गिरोहहरु सक्रिय भएका छन्। केही दिनयता तालमा मरेर तैरीरहेका चराहरु धमाधम भेटिन थालेपछि चराको चोरी शिकारी फेरि बढ्दै गएको पाइएको हो।

गिरोहले बिष हालेर मारेका चराहरु पानीमा तैरिने गरको र लैजान नसकेका त्यस्ता चराहरु भेटिएको जगदीशपुर ताल बहुसरोकार मञ्चका सदस्य ललति गुरुङले बताए। 'रातमा बिष हाल्ने र एका बिहानै मारेका चरा गिरोहले लाने गरेका छन्, लान नसेकेका चराहरु तालमै तैरिएका हुन्छन्' तालमा फेरि चराको शिकारी बढेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने। तालमा ढेड दर्जन बढी देशबाट आएका आगुन्तक चराहरु मरेको अवस्थामा भेटिएका छन्। तालको उत्तर पूर्वमा मारिएका मरुल, सिन्दुरे हास र डुबुल्की चराहरु स्थानीयले गाडेका थिए। मरु र सिन्दुरे साईबेरियन र डुबुल्की रैथाने चरा हो। चराको चोरी शिकारीको आरोपमा ३ जना स्थानीय युवालाई पक्राउ गरी वन कार्यालयलाई बुझाइएको थियो। सुराकीका आधारमा पक्राउ परेका मुरली केवट, मुरली पासी र अशोक थारुले दिनहुँ माछे मार्ने निहुँमा ४०÷५० वटा चराहरु मारेर बिक्री गर्ने गरेका थिए। मारिएको चराहरु तौलिहवा चार नम्बर, चाकरचौडालगायतका स्थानमा बेच्ने गरेको पाइएको छ। गत वर्ष पनि तालमा एक दर्जनभन्दा बढी मरेका चरा भेटिएको थियो ।

तालमा चरा मार्ने गिरोह यस वर्ष फेरी सक्रिय रहेको स्थनीय अतिकुर रहमानले बताए। 'वर्षौंदेखि चोरी शिकारी गर्न पल्केका गिरोह अवैध काममा लागेका छन्,' झिँगा मार्ने थाईरान नामक बिषदी फटेङ्ग्रा, सानो माछामा राखेर चरा बस्ने ठाउ लगेर राख्ने गरिन्छ। स्थानीय भाषमा तालमा रहका ती चरालाई पटेरा भन्ने गरिन्छ। खाँदा निकै स्वादिष्ट हुने भन्दै बजारमा यसको माग उच्च छ। एक जोडी कै हजार रुपैयाँ बढी मूल्य पर्ने गाउँलेहरु बताउँछन्।

नेचर गाईड कृष्ण गिरीले तालको सुन्दरताको रुपमा रहेका चराहरुको चोरी शिकारी बढ्दै जानु चिन्ताको बिषय भएको बताए। 'देशका अन्य स्थनमा रहेका तालमा चराहरुको आगमनमा कमी भएको बेला तालमा भने बिगत ४ वर्षदेखि चराहरुको संख्या बढ्दै जानु खुशीको कुरा हो,' उनले भने, 'तर चोरी शिकारी नियन्त्रण नहुनु दुखद् कुरा हो।'

स्थानीय अगुवा अब्दुल रसिद खाँले तालमा केही दिनयता फेरि चरा मार्ने गिरोह सक्रिय रहेको पाइएको बताए। गिरोहलाई पक्राउ गर्नका लागि प्रहरीसहितको टोलीले तालमा अब बिशेष निगरानी गरिने उनले बताए। तालमा पेकि¨डग, कुर्मा, नील टाउके, माल्टाज, फिस्टा, खटखटे, भँुडीफोर र सुनजुरेलगायतका चराचुरुङ्गी प्रशस्त देखिन थालेका छन्। त्यस्तै स्थानीय चराहरु पनि ह्वात्तै बढेका छन्। तालमा साईबेरिया, चीन, रुस र भारतलगायतका ठा"उबाट जाडो छल्न प्रशस्त चराचुरुङ्गीहरु आउने गर्दछन्। जाडोका चार–पाँच महिना चराचुरुङी आई पूmल पारी बच्चा हुर्काई फर्कने गर्दछन्। चराले ईको सिस्टमलाई मद्दत गरी बालीनाली उत्पादनमा सहयो गर्ने भएकाले अवैध रुपमा हुने यस्ता चोरी शिकारीलाई नियन्त्रण गर्न जरुरी रहेको चराविद् डा. हेमसागर बरालले बताए। 'उत्पादन र आयआर्जन बढाउने गराउने पंक्षीको संरक्षण गर्न पर्छ,' उनले भने । ताललाई मञ्चकै अगुवाईमा २ वर्षअघि संरक्षित क्षेत्र घोषणा गरिए पनि चरा मार्ने क्रम भने अझै रोकिएको छैन।

तालमा १ सय ५० बढी चराचुरुङ्गीको बास स्थल, ३८ प्रजातीका सरिसृप र ८ प्रजातिका उभयचर पाईने नेपाल पंक्षी संरक्षण संघ (बिसिएन)को अध्ययनले बताएको छ। जैवीक विविधताले महत्वपूर्ण भएकै कारण यस जलासयलाई रामसार कन्भेन्सन अन्तर्गत सन् २००३ मा अन्तराष्ट्रिय सीमसार क्षेत्रमा सूचीकृत गरिएको छ। सिँचाई गर्ने उद्देश्यले पानी जम्मा गर्न बनाइएको ताल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। जिल्लाको निग्लिहबा गाबिस–१ र ४ मा पर्ने ताल मानव निर्मित ताल मध्ये संभवत नेपालकै सबैभन्दा ठुलो ताल हो।

प्रकाशित: ४ पुस २०७२ ०५:२९ शनिबार