अन्य

रौतहटमा आमा छोरीको हत्या

रौतहट-रौतहटमा आमा छोरीको हत्या भएको छ । हर्दिया पल्टुवा गाविमा आमा र छोरीको हत्या भएको हो। गाविसको वडा नम्बर ३ मा ३० बर्षिया रेणु देवी साह र १० बर्षीया छोरी अंकिता कुमारीको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।


शुक्रवार राती खाना खाएर छोरी संग सुतेकी रेणुले विहान ३ बजे माइली ५री अंकितासँगै खेतमा शौच गर्न गएकी थिइन्। उनीहरुको खेतमा नै हत्या भएको थियो।

आमाछोरी एक घण्टा सम्म घर नफर्किएपछि सासु एतबरिया र देवर रामएकवाल साह खोजतलास गर्दै जाँदा घर भन्दा ३ सय मिटर दक्षिण तर्फ उखुबारी नजिकको बाटोमा हत्या गरिएको अबस्थामा दुवैको शव फेला पारेका थिए।

आमा छोरीलाई अज्ञात समूहले घाटी, टाउको, औला, अनुहार सहित शरिरको विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेर हत्या गरेको रौतहटका प्रहरी प्रमुख गणेश रेग्मीले बताए। हत्याको अनुसन्धान कार्य तिव्र रुपमा भईरहेको रेग्मीले बताए ।

साहका श्रीमान रामबालक साह चार बर्ष देखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत छन्।

प्रकाशित: ४ पुस २०७२ ०३:०७ शनिबार