अन्य

महिला भारोत्तोलन छनोट

काठमाडौं- नेपाल भारोत्तोलन संघले १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि महिला भारोत्तोलन खेलाडी छनोट गरेको छ ।विभिन्न ७ तौल समूहमा ७ खेलाडी छनोट गरिएको छनोट समितिका संयोजक तिलक राउतले जनाएका छन् । ४८ केजीमा आर्मी क्लबकी मनीषा राना, ५३ केजीमा पुलिस क्लबकी देवी चौधरी, ५८ केजीमा आर्मीकी कमला श्रेष्ठ, ६३ केजीमा पुलिसकी जुनुमाया छन्त्याल, ६९ केजीमा आर्मीकी मनिता श्रेष्ठ, ७५ केजीमा पुलिसकी लक्ष्मी बन तथा ७५ केजीमाथि पुलिसकी तारादेवी पुन छन् । भारतमा हुने सागका लागि पुरुषतर्फ ८ खेलाडी छनोट भइसकेका छन् ।

प्रकाशित: १ पुस २०७२ २२:२४ बुधबार