मंगलबार पत्रकार सम्मेलनमार्फत प्रहरीले कोहलपुर क्षेत्रका पाँच घरभित्र चोरीमा संग्लन जैसीसहित तीन जनालाई सार्वजनिक गरेको हो । चोरीका सामानसहित पक्राउ परेका जैसीको साथबाट प्रहरीले झण्डै १२ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । उनीहरुको साथबाट प्रहरीले दशै र तिहारको समयमा कोहलपुर–१० ईन्द्रा रेश्मीमगर, अंगतबहादुर थापा, कोहलपुर–११ का दिपक ओली, मेनुका भण्डारी र देवेन्द्रकुमार केसीको घरबाट चोरी भएको ११ लाख ७१ हजार दुई सय मूल्य बराबरको सामान बरामत गरेको हो ।
प्रहरीका अनुसार जैसीले आफू हेलुथ असिस्टेन्ट रहेको, जाजरकोटमा मेडिकल रहेको भन्दै कोहलपुर–११ स्थित रन्जु आचार्यको घरमा भाडामा बस्दै आएका थिए । कृष्णप्रसाद र राजेन्द्रले नरप्रसादसंग चोरीमा संग्लन भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजीव बस्नेतले बताए । उनीहरुले पाँच घरबाट चोरी गरेको सामान प्रहरीले कोहलपुर र कैलालीको लम्कीबाट पक्राउ गरेको उनले बताए। अन्य सामान अझै उनीहरुले लुकाएर राखेकोले खोजी अनुसन्धान जारी रहेको उनले बताए । प्रहरीले कोहलपुर नगरमा चोरी भएको बारे अनुसन्धान गर्न १३ प्रहरी सम्मेलित अपराध अनुसन्धान टोली गठन गरेको थियो ।
प्रहरीले बरामद गरेको सामानहरुमा महिला र पुरुषले लगाउने कपडादेखि घरमा सुत्न, बस्न प्रयोग हुने कपडा, ग्याँस, पंखा, घडी, मोबाईल, क्यामेरा, चम्चादेखि थाली, कचौरा, प्रेसर कुकुर, बाँटा, काँच र सीसाका भाडा, ग्याँस चूल्हो, हिटर, सिरक, साईकल, कम्प्युटर, टेबल, बाकस, चेकबुक, नागरिकता,राईस कुकर, चस्मा, स्पीकर, टिभी, नगद रुपैँया, सुन, दराज,चाँदी, गाग्री, किताव, कापी, ल्यापटप, गलैचासम्मका सामान रहेका छन् ।
प्रकाशित: २९ मंसिर २०७२ ०६:११ मंगलबार