ललितपुर-ललितपुर निवासी अमृत नाथ घिमिरेलाई अपहरण गरेको अभियोग लागेका फरार अभियुक्त ललितपुर जिल्ला शंखु गाविस–८ का सत्यमान घिसिङ्गलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ। २०६९ पुष १५ गते घिमिरे अपहरणमा परेका थिए।फरार घिसिङ्गलाई ललितपुर प्रहरीले पक्राउ गरी ललितपुर जिल्ला अदालत पठाईएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रबक्ता डिएसपि दयानिधी ज्ञवालीले बताए। ललितपुर जिल्ला अदालतको आदेश अनुसार उनी ५० हजार रूपैयाँ धरौटीमा तारेखमा छोडिएका छन्। अपहरणमा संलग्न अन्य फरार अभियुक्तहरुको खोजी जारी रहेको ललितपुर प्रहरीले जनाएको छ।
प्रकाशित: २५ मंसिर २०७२ ०५:१७ शुक्रबार