अन्य

३५० रूपैयाँ प्रतिलिटर पेट्रोल रेष्टुराँबाट बेच्ने दुई पक्राउ

काठमाडौं— राजधानीको म्हेपी स्थित गुल्मी टारुगेस्ट एन्ड रेष्टुराँबाट अत्यधिक मूल्य लिई पेट्रोल बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुनसरी इनरुवा–६ घर भएका ३४ वर्षीय जयराम भगन र ४५ बर्षीय ओम प्रकाश साह रहेका छन्।

काठमाडौं महानगरपालिका–२९ म्हेपी स्थित सो रेष्टुराँबाट प्रतिलिटर ३ सय ५० रुपैयाँको दरले पेट्रोल बिक्री वितरण गरिरहेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले पेट्रोल सहित पक्राउ गरेको हो।

प्रकाशित: २५ मंसिर २०७२ ०१:५३ शुक्रबार