सुनसरी— भारतबाट साइकलमा दुई वटा ग्यास सिलिन्डर नेपाल स्थित घर ल्याउँदै गर्दा लुटपाट भएको छ। सुनसरीको श्रीपुर–४ बस्ने सन्तोष मरिकको ग्यास सिलिन्डर लुटपाट भएको हो।उनको साथबाट नगद ५० हजार रुपैयाँ र एक थान मोबाइल पनि लुटिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। मंगलबार राति श्रीपुर–८ मा ४–५ जनाको समूहले लुटपाट गरेको हो।
प्रकाशित: २३ मंसिर २०७२ ०१:४७ बुधबार