अन्य

सीसी क्यामेराको सहयोगमा चोर पक्राउ

सिन्धुली–यहाँको एक पसल चोरी गर्ने पक्राउ परेका छन् । पसलमा राखिएको सीसी क्यामेराको सहायताले पसल चोर्ने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।कमलामाई नगरपालिका–६ हस्पिटल रोडमा रहेको ओमप्रकाश श्रेष्ठको कमलामाई दाना तथा औषधि पसल मध्यरातमा चोरी गर्ने कमलामाई नगरपालिका ६ का निश्चल तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनको पसलको भेन्टिलेशनबाट छिरेर नगद तथा अन्य सामान चोर्नुका साथै सीसी क्यामेरा समेत झिकेर लगेका थिए । सीसी क्यामेराले कैद गरेको फुटेजका आधारमा प्रहरीले तामाङलाई प्रक्राउ गरेको जनाएको छ।

प्रकाशित: २० मंसिर २०७२ ०३:२७ आइतबार