अन्य

९० लिटर पेट्रोल सहित युवती पक्राउ

काठमाडौं— कालो बजारमा बढी मूल्यमा पेट्रोल बेच्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–३५ कोटेश्वर बस्ने काभ्रे कोसीपारीका २५ बर्षीया देवी चौलागाईलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।कोटेश्वरस्थित बन्दै गरेको आकाशेपुल छेउबाट ९० लिटर पेट्रोलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो।

यसैगरी बढी मूल्यमा पेट्रोल बिक्री गर्ने काठमाडौँ महानगरपालिका–१० डेरा गरी बस्ने ५३ बर्षीय टिकार्जुन उप्रेती र २८ बर्षीया सुनिता उप्रेतीलाई ५२ लिटर पेट्रोलसहित आइतबार प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: १४ मंसिर २०७२ ०५:५९ सोमबार