अन्य

अवैध काठसहित पाँच पक्राउ

कोहलपुर– प्रहरी चौकी गनापुरले ट्याक्टरमा लुकाएर ल्याउँदै गरेको काठसहित पाँच जनालाई पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका–२६ राँझाबाट भे १ त ५९४२ नम्बरको ट्याक्टरमा लुकाएर ल्याउँदै गरेको काठसहित पाँच जना पक्राउ परेका हुन्।


शनिबार बिहान तीन बजे मनिकापुर गाउँबाट नेपालगन्जतर्फ लैजाँदै गर्दा काठ बरामद गरिएको गनापुर प्रहरीले जानकारी दिएको छ। परालमुनि लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त काठ बरामद भएको हो। घरको झ्यालका लागि चाहिने ४८ पिस तयारी सालको काठ बरामद भएको हो। काठ करिव दुई लाख मूल्य बराबरको रहेको प्रहरीले जनाकारी दिएको छ।

घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७२ ०२:४५ शनिबार