अन्य

आमाछोरी मृत भेटिए

कोहलपुर— बुधबार बिहान समशेरगन्जको हवल्दारपुरमा आमाछोरी मृत फेला परेका छन्। समशेरगन्ज–७ की ३० बर्षीय मधु सिंह र उनकी छोरी १२ वर्षीय सन्ध्या सिंह घरमा मृत फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।बिहान सात बजे घरमा मृत फेला परेका आमाछोरीले विषालु पदार्थ सेवन गरेको पाईयो, कोहलपुर प्रहरी चौकीका डिएसपी राजीवबहादुर बस्नेतले बताए। मृत फेला परेका उनीहरुको शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल पठाएको छ। घटनाको विस्तृत अनुसन्धान भैईरहेको डिएसपी बस्नेतले भने ।

पारिवारीक तनाव र हिंसाका कारण आमाछोरीले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुगमन गरेको छ।

प्रकाशित: ९ मंसिर २०७२ ०६:५८ बुधबार