अन्य

ग्यास र पेट्रोल कालोबजारी गर्ने ५ पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका–१५ सितापाइला बस्ने ३८ वर्षीय देवक पौडेललाई बढी मूल्यमा ग्यास बिक्री गरिरहेको अवस्थामा बुधबार प्रहरीले पक्राउ गरेको छ।गोर्खाली खाद्य स्टोर तथा ग्यास सप्लायर्सका पौडेलले गजुरीबाट गीता ग्यास ल्याई सितापाईलामा प्रतिआधा सिलिण्डर १ हजार २ सय रुपैयाँको दरले विक्री वितरण गरिरहेको अवस्थामा महानगरीय प्रहरी बृत्त स्वयम्भुले पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्ष नक्सालले जानकारी दिएको हो। पौडेलले ३० थान आधा सिलिण्डर ग्यास बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ।
यसैगरी काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एलिना ट्राभल्स एण्ड टुर्समा प्रतिलिटर २ सय ५० रुपैयाँका दरले पेट्रोल बिक्री बितरण गरिरहेको अवस्थामा १ सय ३५ लिटर पेट्रोलसहित ४ जनालाई महानगरीय प्रहरी बृत्त गौशालाले बुधबार पक्राउ गरेको जनाएको छ। घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित: ९ मंसिर २०७२ ०५:०५ बुधबार