अन्य

सुन व्यवसायी महिलाको साथबाट १५ लाखको धनमाल लुटियो

विराटनगर– मोरङ कोसिहरैचा —३ की मन्जु निरौला लुटिएकी छन्। मोरङ वनिगामा—४ मा सुन पसल सञ्चालन गर्दै आएकी उनलाई मङगलबार बेलुका साढे ६ बजे विराटनगर— विराटचोक सडक खण्डअन्तर्गतको नेताचोक नजिक ५ जनाको समूहमा आएका लुटेराहरूले लुटेका हुन्।


उनको साथबाट २५ तोला सुन, ५० तोला चा"दी र डेढलाख रुपैया" नगद लुटेराहरूले लगेको मोरङ प्रहरीले जनाएको छ । पसल बन्द गरेर स्कुटरमा घर आउ"दै गरेकी उनलाई मोटरसाईकलमा आएका लुटेराहरूले घेराहाली साथमा रहेको व्याग खोसेर भागेका थिए । घटनामा संलग्न रहेको आशंकामा इलाका प्रहरी कार्यालय वेलवारीले एक जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान थालेको मोरङ प्रहरीका प्रवक्ता प्रमोद खरेलले जानकारी दिए ।

प्रकाशित: ९ मंसिर २०७२ ०४:४१ बुधबार