अन्य

पेट्रोल पम्पमा चिप्स फिट गरेकाे अभियेगमा एक पक्राउ

भक्तपुर– पेट्रोल पम्पको सिलभित्र चिप्स मेशिन फिट गरेको अभियोगमा प्रहरीले एक जनालार्इ नियन्त्रणमा लिएके जनाएके छ।मध्यपुर ठिमी नगरपालिका–१५ गठ्ठाघरस्थित प्रविण पेट्रोल पम्पका म्यानेजर मकवानपुर आग्राहा–३ घर भएका ४१ वर्षीय भिमसेन केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।

महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले मंगलबार पम्प चेकजाँच गर्ने क्रममा पम्पको सिलभित्र चिप्स मेशिन फिट गरेको अवस्थामा फेला पारेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ।

प्रकाशित: ९ मंसिर २०७२ ०४:२७ बुधबार