अन्य

बैंकिङ कसूरमा फाइनान्सका तत्कालिन सिइअाे र ऋणी पक्राउ

काठमाडाैं– कम्पनीकाे नियम विपरीत ऋण उपलब्ध गराउने र ऋण नतिरी धराैटीकाे जमीन फुकुवा गरिदिने प्रुडेन्सियल फाइनान्सका तत्कालिन प्रमुख कार्यकारी अधिकृत भक्त प्रह्लाद पाण्डे र ऋणी किश्वर ढकाललार्इ केन्द्रीय अनुसन्धान ब्युराेकाे टाेलीले पक्राउ गरेकाे छ।

तत्कालिन सिइअाे पाण्डेले ऋणी ढकाललार्इ संस्थाकाे सञ्चालक समितिबाट ऋण स्विकृत नभर्इ रू. २ करोड ५० लाख ऋण उपलब्ध गराएकाे र सो कर्जा चुक्ता हुनुपूर्व नै धितोमा रहेको जमीन फुकुवा गरेर कर्जा असुरक्षित गराइ संस्थालाई हानी-नोक्सानी पुर्‍याएकाे प्रहरीले जनाएकाे छ। त्यस्तै, सिइअाे पाण्डेकै वित्तीय स्वार्थ रहेको फर्म कम्पनी ऋणी भैरव रोडा ढुङ्गा उद्योगलाई रु. १ करोड ४३ लाख कर्जा प्रवाह गरी हालसम्म सावाँ र ब्याज गरी कुल रु. १ करोड ५५ लाख नतिरी बैंकिङ कसूर गरेको पनि प्रहरीले जनाएकाे छ।

अभियुक्त पाण्डेलाई कात्तीक १६ गते बुद्धनगरबाट र ऋणी ढकाललाई मंसिर १ गते लोकन्थली भक्तपुरबाट पक्राउ गरी बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भईरहेको जनाएकाे छ।

 

 

प्रकाशित: ७ मंसिर २०७२ ०६:०२ सोमबार