अन्य

पेस्ताेल र नौ राउण्ड गोली सहित पक्राउ

गुल्मी — गुल्मीको मजुवामा मंगलबार साँझ एक ब्यक्ति हतियार सहित पक्राउ परेका छन्। बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बसबाट उनलाई प्रहरीले मजुवामा पक्राउ गरेको हो।


गुल्मीको आँपचौर–१ का २७ बर्षिय लालमणी गौतम एक थान पेस्ताेल र नौ राउण्ड गोली सहित मजुवा प्रहरीद्धारा पक्राउ परेको प्रहरी नायव उपरिक्षक रबिन्द्र रेग्मीले बताए । उनलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १ मंसिर २०७२ ०७:१८ मंगलबार