अन्य

बाख्रालाई घाँस काट्न हिँडेका खड्का मृत

खोटाङ—बाख्रालाई घाँस काट्न भनेर घरबाट हिँडेका एक व्यक्ति बारीको कान्लामुनि मृत फेला परेका छन्।बिहीबार बिहान डोको बोकेर घरबाट हिँडेका दिक्तेल नगरपालिका–१ का ४८ वर्षीय चेतबहादुर खड्का दिउँसो बारीमा मृत भेटिएका हुन्। घटनाको प्रकृति हेर्दा खड्काको लडेर मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए। रासस

प्रकाशित: २६ कार्तिक २०७२ २१:१९ बिहीबार