अन्य

मनकामना ग्यासका सञ्चालक पक्राउ

कोहलपुर— एक हजार चार सय रुपैँयामा पाइने ग्यास सिलिण्डर आठ हजार रुपैयाँमा बक्री गरेको आरोपमा मनकामना ग्याँस प्रालिका सञ्चालक पक्राउ परेका छन्। उपभोक्ताले मनकामनाले बजारमा ग्यास नदिएर आठ हजार रुपैयाँमा बाहिर बिक्री गरेको उजुरीका आधारमा मनकामनाका सञ्चालक राजेन्द्र श्रेष्ठ बिहिबार पक्राउ परेका हुन्।जिल्ला प्रशासनमा बिहिबार उपभोक्ताबाट कालोबजारी गरेको उजुरीपरेपछि उनलाई पक्राउ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले बताए।

बिहिबार पक्राउ परेका श्रेष्ठलाई शुक्रबार तारेखमा छोडिएको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले बताए। ग्याँस कालोबजारी गरेको आरोपमा पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धानपछि शुक्रबार तारेखमा छोडिएको उनले भने।

जिल्लामा उपभोक्ताले सहजै ग्याँस नपाउने तर महंगोमा जिल्ला बाहिर गैईरहेको विक्रेता र उपभोक्ताको दावी छ। शुक्रबार छुटेका राजेन्द्र श्रेष्ठलाई आवश्यक परेको बेला सम्पर्कमा आउने सर्तमा छोडिएको बताएपनि राजनैतिक दवावमा छोडिएको बुझिएको छ।

प्रकाशित: २० कार्तिक २०७२ ०५:३३ शुक्रबार