पेट्रोल अभाव चर्किरहेकोबेला पेट्रोलसहितको मोटरसाइकल चलाउन माग्ने स्थानीय केही युवालाई मोटरसाइकल चलाउन नदिएको केही समयपछि आगजनी भएको खुलेको प्रहरीले जनाएको छ । घरमा पार्किङ गरेर राखिएको मोटरसाइकलमा आगजनी गर्नेको पहिचान हुन सकेको छैन । घटनाको बिषयमा अनुसन्धानका लागि च्यास्मीटार प्रहरीचौकीबाट असई नीरबहादुर राईको नेतृत्वमा प्रहरी बडहरे पुगेको छ । मागेको समयमा मोटरसाइकल चलाउन नपाएका स्थानीयले नै मोटरसाइकलमा आगजनी गरेको अनुमान गरिएको छ । गाविसका कसैसँग दुष्मनी नभएका कारण आगजनी गर्ने समूहलाई चिन्न गाह्राे भएको सिनियर अहेव शाहले बताए।
प्रकाशित: १९ कार्तिक २०७२ ०१:१४ बिहीबार