अन्य

एक केजी सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं- राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक केजी सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। बुधबार राति दुबईबाट काठमाडौं आएको फ्लाइटमा जोगेन्द्र सिंह नामको भारतीय नागरिक सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ।


सिंहको काठमाडौंबाट स्थलमार्गको प्रयोग गरी दिल्ली जाने योजना रहेको प्रहरीले बतायो। उनीबारे विस्तृत छानबिन भइरहेको छ।

पछिल्लो समय भन्सार छली गरी सुन तस्करी गर्नेहरु बढेका छन्।

प्रकाशित: १८ कार्तिक २०७२ २०:११ बुधबार