ललितपुर—प्रहरीले चाँडपर्वमा हुनसक्ने सम्भावित लुटपाटको घटना रोक्न जिल्लाका सुन ब्यवसायीलाई हतियार र प्रतिकार सम्बन्धी प्रयोगात्मक अभ्यास गराएको छ । महानगरिय प्रहरी परिसर ललितपुर र ललितपुर सुनचाँदी ब्यवसायी सँघले सुनचाँदी पसलमा बस्ने कामदार र ब्यवसायीलाई लुटपाटमा प्रयोग हुनसक्ने सम्भावित हतियार र लुटेरासँग प्रतिकार तथा बचाउ गर्ने उपायको जानकारी दिएको हो।प्रहरीका प्रशिक्षकद्धारा आत्मरक्षा सम्वन्धी प्रशिक्षण तथा प्रदर्शनी र नक्कली एवं सक्कली हतियारको प्रदर्शनी समेत गरिएको प्रहरी निरिक्षक कवित कटुवालले जानकारी दिए । ललितपुरका प्रहरी प्रमुख एसएसपी पिताम्वर अधिकारीले सुन चाँदी व्यवसायको सुरक्षाका लागि प्रहरी र व्यवसायीबीचको आपसी समन्वय र सहकार्य महत्वपुर्ण हुने बताएका थिए ।
प्रकाशित: १८ कार्तिक २०७२ ०८:१२ बुधबार