अन्य

सर्लाहीमा नक्कली नोट बनाउने पक्राउ, शनिबार सार्वजनिक गर्ने

सर्लाही– सर्लाहीको हरिवनबाट नक्कली नेपाली नोट बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली नोट, फोटोकपी, केही समानसहित नक्कली नोट कारोबारीलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक केदार ढकालले बताए।


विशेष सुराकीको अधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटेको विशेष टोलीले नक्कली नोट कारोबारीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक ढकालले बताए । 'पक्राउ परेका कारोबारीलाई शुक्रबार रातीसम्म जिल्ला प्रहरी कार्यालयल ल्याएर शनिबार सार्वजनिक गर्ने तयारी रहेको छ,' उनले भने।

शंकास्पद व्यक्तिहरु र समानहरुको अनुसनधान बाँकी रहेको कारण प्रहरीले कारोबारीको नाम खुलाउन मानेको छैन । मलंगवमा लेखापढी व्यवसायीलाई नक्कली नोट दिएपछि लेखपढी व्यवसायिले प्रहरीमा गरेको उजुरीको अधारमा कारोबारीको गिरोह प्रहरी फन्दामा परेको बताइएको छ ।

प्रकाशित: १३ कार्तिक २०७२ ०६:३९ शुक्रबार