अन्य

बाबुलाई खुकुरी प्रहार गरी हत्या गर्ने पक्राउ

सिन्धुपाल्चोक– आफ्नै बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने मान्खा गाविस–१ बस्ने राम्चेका ३० वर्षीय जीवन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।तामाङले शुक्रबार खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका ५५ वर्षीय बाबु मंगले तामाङको उपचारको लागि अस्थाई शिविर लामोसाँघु लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । घटनाका सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित: १३ कार्तिक २०७२ ०५:०९ शुक्रबार