काठमाडौं—यस वर्षको 'पद्मश्री साहित्य पुरस्कार' बाट साहित्यकार मोहन मैनाली र उपेन्द्र सुब्बा सोमबार पुरस्कृत भएका छन्। मैनालीको 'मान्ठा डराएको जुग' र कवि तथा आख्यानकार उपेन्द्र सुब्बालाई 'लाटो पहाड' कृतिका पुरस्कृत प्रदान गरिएको हो।यस्तै यस वर्षको 'पद्मश्री साधना सम्मान' वरिष्ठ कलाकार महजोडीलाई प्रदान गरियो। पुरस्कार र सम्मानको राशि प्रतिव्यक्ति रु एक एक लाख छ। खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले हरेक वर्ष ती पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ। गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेले सो पुरस्कार प्रदान गरेका थिए। रासस
प्रकाशित: ९ कार्तिक २०७२ १९:३८ सोमबार