अन्य

हत्या आरोपमा आमा छोरा पक्राउ

नुवाकोट- नुवाकोटको चौघडा गाविसमा गएराति एक जनाको हत्या भएको छ। मदानपुर गाविसका प्रेमबहादुर तामाङको चौघडामा हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।चौघडा गाविसका इन्दिरा राई र उमेश राईलाई हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। उनीहरु आमाछोरा हुन्।

हत्याको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए। मदानपुरका व्यक्ति किन चौघडा पुगे र हत्या हुनुको कारण के थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। रासस

प्रकाशित: ८ कार्तिक २०७२ ०८:५३ आइतबार