अन्य

नुवाकोटमा तामाङको हत्या

त्रिशूली- नुवाकोटको चौघडामा एक पुरुषको शव हत्या भएको अवस्थामा फेला परेको छ। मदानपुर-२ का ४० वर्षीय प्रेमबहादुर तामाङ गएराति चौघडा-६ स्थित इन्दिरा राईको घर पछाडि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले गएराति १२ बजेतिर तामाङको हत्या भएको बताए।

हत्याको कारण खुल्न सकेको छैन। प्रहरीले अनुसन्धानका लागि ३६ वर्षीया इन्दिरा राई, उनका छोरा १८ वर्षीय उमेश राई र छिमेकी ३५ वर्षीया कोपिला राईलाई पक्राउ गरेको छ।

टाउको फुटेको अवस्थामा तामाङको शव फेला परेको प्रहरीले जनाएको छ। मृतक तामाङ के कामका लागि चौघडा पुगेका हुन् थाहा हुन सकेको छैन। रासस

प्रकाशित: ८ कार्तिक २०७२ ००:२१ आइतबार