अन्य

बालिकालाई जबर्जस्ती करणी गर्ने राना पक्राउ

कञ्चनपुर- बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालिका-९ का बिन्दर रानालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ।

बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय बेलौरीमा रानाविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको हो। शुक्रबार राति रानाले बालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक युवराज भण्डारीले बताए।

उजुरीका आधारमा रानालाई पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य भइरहेको उनले बताए।

पीडित बालिकाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य परीक्षणको विवरण आएपछि रानामाथि थप अनुसन्धान गरिने बताइएको छ। रासस

प्रकाशित: ७ कार्तिक २०७२ २१:२१ शनिबार