अन्य

मामाघरमा बन्दूक खेलाउँदा किशोरको मृत्यु

भोजपुर— दशैँमा मामा घर गएको अवस्थामा भरुवा बन्दुक खेलाउने क्रममा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ। घटनामा भोजपुर देवानटार–७ बस्ने जस बहादुर राईको १० बर्षीय छोरा राजाराम राईको मृत्यु भएको हो।रानिवास–३ दितेनीस्थित मामाघर गएको अवस्थामा मृतकका दाजु १४ बर्षीय भरत राईले मामाघरमा रहेको भरुवा बन्दुक खेलाउने क्रममा विहीबार बन्दुक पड्कन गएर लाग्दा राजारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

भरत राईलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ६ कार्तिक २०७२ ०३:५९ शुक्रबार