अन्य

जुवाडेद्वारा प्रहरीमाथि ढुङ्गामुढा, हवल्दार घाइते

गौशाला—प्रहरीमाथि आक्रमण गर्ने एक जुवाडेलाई महोत्तरी प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिजलपुरा–९ बस्ने रविन्द्र घोरारी रहेका छन्।इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले बिजलपुरा–९ स्थित पथलैया बजारमा जुवा खेलिरहेका जुवाडेहरुलाई बिहीबार अबेर राति पक्राउ गर्न खोज्दा जुवाडे र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो।

जुवाडेहरुले एकतर्फी रुपमा प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। ढुङ्गामुढाबाट प्रहरीको गाडीमा समेत सामान्य क्षति पुगेको छ। जुवाडेहरुले प्रहरी हबल्दार बरुण भूमिहारलाई कुटपीट गरी घाइते बनाएका छन्।

घाइते प्रहरी हबल्दार भूमिहारको बर्दिबास स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनामा संलग्न अन्य जुवाडेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: ६ कार्तिक २०७२ ०२:०३ शुक्रबार