अन्य

युवकलाई चक्कु प्रहार, चार जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका गैलनदीका २२ वर्षीय वीरेन्द्र पाठकलाई चक्कु प्रहार गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। सामान्य विवादमा बुधबार राति ११ बजे पाठकको पेटमा चक्कु प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


चक्कु प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका महेश क्षेत्री, भुवन क्षेत्री, डम्बर धामी र महेन्द्र चौधरीलाई बिहीबार पक्राउ गरेको छ।

पक्राउ परेका चारै जना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएका छन्। चक्कु प्रहारबाट घाइते भएका पाठकको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारततर्फ लगिएको छ। रासस

प्रकाशित: ५ कार्तिक २०७२ २२:३५ बिहीबार