अन्य

डेढ लाख नगदसहित तास खेल्ने १४ पक्राउ

विराटनगर— विराटनगर—४ स्थित जीवछ साहको घरमा तास खेल्दै गरेका १४ जना डेढलाख नगदसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा विराटनगर ५ का बुद्ध मगर, उमेश घिमिरे, दिपेन्द्र भण्डारी, गंगा चौधरी, घरधनी जिवछ साह,विराटनगर—४ का केशव आचार्य, सम्भु रिजाल,संजीव मण्डल,लक्ष्मी मण्डल,मनोज अधिकारी, राज भण्डारी,केशरवहादु कटुवाल बद्री पराजुली र विराटनगर १का भरत कार्की रहेका छन्।

तास खेलेको ठाउ"बाट एक लाख ५४ हजार रुपैयाँ नगद र पाँच बुक तास फेलापरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता प्रमोद खरेलका अनुसार तास खेलीरहेको गोप्य सूचनाका आधारमा छापा मार्दा ठूलो रकमसहित तास खेल्नेहरू पक्राउ परेका हुन्।

प्रकाशित: २९ आश्विन २०७२ ०२:५८ शुक्रबार