अन्य

बिष सेवनबाट १६ वर्षीया दुई किशोरीको मृत्यु

रामेछाप– साँघुटार– १ स्थित हिमगंगा उच्च माध्यामिक विद्यालयमा कक्षा १० मा अध्यनरत दुई छात्राको विषादी सेवनबाट मृत्यु भएको छ।साँघुटार– ४ बस्ने १६ वर्षीया रितामाया श्रेष्ठ र ओखलढुङ्गा यसम–१ बस्ने १६ वर्षीया टीकामाया बुढाथोकीको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

ती छात्राहरुले बिहीबार खाजा खाने समयमा स्कुलभन्दा १ सय मिटर टाढागई नाम नखुलेको बिषादी सेवन गर्दा बेहोस भएकोले उपचारको लागि सदरमुकामस्थित मन्थली अस्पतमला पुर्‍याउँदा डाक्टरले दुबै जनालाई मृत घोषणा गरेका थिए।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १५ आश्विन २०७२ ०५:४६ शुक्रबार