अन्य

बन्धक बनाएर लुट्ने लामा पक्राउ

काठमाडौँ- बन्धक बनाएर धनमाल लुटने गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटी बस्ने सिन्धुपाल्चोक ठुलो धादिङ–८ का माईला भन्ने सोम बहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ।


लामाले गत भदौ २९ गते भक्तपुर नगरपालिका–२ बस्ने चण्डेश्वरी फर्निचर संचालक हरिकृष्ण सिन्ताकलाई बन्धक बनाएर लुटेका थिए। सिन्ताकलाई आँखामा कपडाले बाँधी बन्धक बनाएर साथमा भएको नगद ४५ हजार रुपैँया सहित करीव ३ लाख १६ हजार ६ सय रुपैँया बराबरको धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ।

लामाले भदौ ३० गते विहान कोही कसैलाई र प्रहरीमा समेत जानकारी नगराउने र गराएमा ज्यान मार्ने धम्की दिई सिन्ताकलाई छाडेका थिए।

प्रहरीले लामाबाट नक्कली नम्बर प्लेट भएको मोटरसाइकल समेत बरामद गरेको छ।

प्रकाशित: १३ आश्विन २०७२ ०६:१७ बुधबार