सामाजिक संजालमा 'पेट्रोल १ सय ६५ रुपैयाँ प्रतिलिटर(वन्ली सिरियस बाइअर्स इन्बक्स मि)' भन्ने लेखेर पोष्ट गरीकालोबजारी गरेकोले उनीमाथि कारवाहीको माग गर्दै उजुरी परेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ।
नेपाल प्रहरीको 'हाम्रो पुलिस' एपमा परेको उजुरीमाथि महानगरीय अपराध महाशाखा टेकु काठमाडौंले अनुसन्धान गर्दै जाँदा फेसबुक पेजमा अख्तर अली भन्ने व्यक्तिको नामको प्रोफाइलबाट उक्त पोष्ट गरी कालोबजारी गर्न खोजेको पाइएकोले ईलाका प्रहरी कार्यालय भालुबाङ दाङले उनलाई पक्रिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक कानुनी कारवाही भइरहेको बताइएको छ ।
प्रकाशित: १२ आश्विन २०७२ ०७:२४ मंगलबार