अन्य

लाहुरे हुँ भन्दै युवतिलाई 'ब्ल्याकमेल' गर्ने लिम्बु पक्राउ

पाँचथर- आफुलाई लाहुरे बताउँदै युवतिलाई 'ब्ल्याकमेल' गर्ने २२ वर्षे युवकलाई प्रहरीले पक्राउ गरेको छ। इलामको धुसेनी ३ स्थायी घर भई इलामको देउमाई नपा ३ बस्ने २२ वर्षीय सुरेश लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।उनले विभिन्न समयमा विभिन्न वाहानमा युवतिलाई झुक्याएर शारिरीक सम्पर्क राखेको आरोपमा प्रक्राउ गरीएको पाँचथरका प्रहरी प्रमुख डिएसपि कृष्णप्रसाद कोईरालाले बताए। उनीविरुद्ध दुई जना युवतीको जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकेा छ। विभिन्न समयमा पाँचथरका गाँउहरुमा युवतीहरुलाई झुक्याएर नजायज सम्बन्ध राख्ने, र समान लुटेर लैजाने गरेकेा खुल्न आएको डिएसपि कोईरालाले बताए।

लिम्बुले युवतिलाई विभिन्न वाहना बनाएर फकाउने र नशालु पदार्थ प्रयोग गरी वेहोस बनाएर शारिरीक सम्वन्ध राखी समान लिएर भाग्ने गरेको प्रहरीले बताएको छ। उनले आफु लाहुरे भएको भन्दै उनले पेशेवररुपमा नै अनेक बाहना बनाएर फकाउँदै शारिरीक सम्बन्ध राख्ने र चोरी गर्ने गरेको प्रहरीले जनाएको छ।

पछिल्लो पल्ट फिदिम नगरपालीकाको सिवा भन्ने ठाँउकी एक युवतीलाई मेची राजमार्गको राँके बजारमा बोलाएर नशालु पर्दाथ सेवन गराई शारिरीक सम्वन्ध गरेर सुनसमेत लिएर भागेको भन्दै प्रहरी समक्ष पीडित युवती पुगेपछि उनलाई पिछा गरेको प्रहरीले इलामको आइतवारे भन्ने ठाँउवाट प्रक्राउ गरेकेा हो। मोवाईलमा कुराकानी पछि चिनजानको १५ दिन पछि राँके बजारमा बोलाई यस्तो सम्बन्ध राखेकेा आरोप लागेकेा छ। रेडवुल खादा नशालु पदार्थ मिसाएको उजुरीमा उल्लेख छ। युवतीले आफूसँग रहेकेा सुन, घडि, मोवाईल समेत चोरेर लगेको आरोप लगाएकी छन्। यस्तो सम्वन्ध राखि सामान चोरेर भागेपछि १९ वर्षीय युवती राँके प्रहरी चौकीमा पुगेकी थिइन। लाहुरे भएको भन्दै मोवाईलमानै फकाएर उनलाई राँके बोलाएको खुलेको प्रहरीले जानकारी दिएको छ। सुरुवातमा मानव वेचविखनमा मुद्धा अघि बढाउने आफ्न्तले प्रयास गरेपनि अन्तिममा जवर्जस्ती करणी उद्योगमा मुद्धा अघि बढाएको छ।

त्यसै गरी फाक्तेपकी अर्की युवतीले पनि लिम्बू विरुद्ध जाहेरी दर्ता गराएकी छन। गत भदौँको दोश्रो साता फाक्तेपको पञ्चमी बजारमा झुक्याएर शारिरीक सम्वन्ध राखि साथमा भएको सामान लिएर भागेको आरोप लगाउँदै उनले जाहेरी दर्ता गराएकी हुन। बेहोस बनाएर यस्तो गरेकेा आरोप लगाएर जाहेरी दर्ता भएको डिएसपि कोईरालाले बताए। अरु पनि युवतीसँग यस्तो सम्बन्ध राखेर समान चोरी गर्दै लैजाने गरेको घटनाहरु भएको पाइएपनि उजुरी नआएको कोईरालले बताए। उनका अनुसार अन्य ६ जना युवतीलाई यस्तो गरेको खुल्न आएको छ। धेरैले उजुरी दिन नचाहेको प्रहरीले जानकारी गराएको छ।

जिल्ला अदालत पाँचथरवाट सात दिनको म्याद थपि अनुसन्धान अघि बढाइएको छ। स्वास्थ्य परीक्षण गराएका छौँ, अनुसन्धान हुदैँ छ' कोइरालाले नागरिकसँग भने 'अनेक बाहना बनाएर एक युवकले यत्रो घटना घटाउनु गम्भिर हो। थप अनुसन्धान गर्दै छौँ।' लिम्बूले फाक्तेप लगायत अन्य विभिन्न ठाँउवाट मोवाईल बनाउने वाहानामा लिएर हिँडेको आरोप समेत लागेको प्रहरीले जनाएको छ। युवकले आफू लाहुरे नभएकाले सत्य खुल्ने डरमा भागेको प्रहरी समक्ष बताएका छन।

प्रकाशित: १२ आश्विन २०७२ ०७:२१ मंगलबार